सलमान खानका बडीगार्डले दिनेछन् जस्टिन बिबरलाई सेक्युरिटी

पप स्टार जस्टिन बिबर १० मे मा भारत आउने तयारीमा रहेका छन्। मुम्बईको डीवाय पाटिल स्टेडीयममा आफ्नो प्रस्तुति दिन उनि भारत आउँ लागेका हुन्।

उनको सुरक्षाको बिषय र भारत आउन उनले मागेको सेवा-सुविधाको चर्चा चौतर्फी भैरहेको छ। यहि क्रममा भारतीय मीडियाका अनुसार पपस्टार बिबरलाई भारतमा सलमान खानका बडीगार्ड शेराले सेक्युरिटी दिनेछन्। शेरा २० बर्षबाट सलमानको बडीगार्ड रहेका छन्। सलमानले शेरले जस्टिनलाई सुरक्षा दिन लागेकोमा आफु खुशी रहेको बताएका छन्।
मुम्बईको कन्सर्टसंगै जस्टिन आगरा, दिल्ली र जयपुर समेत जाने भारतीय मिडियाले जनाएका छन्।- एजेन्सी

Comments

comments