५१ वर्ष पुगे बलिउड स्टार सलमान

बलिउड स्टार सलमान खान ५१ बर्ष पुरा भएका छन्। भारतको मध्यप्रदेशमा सन् १९६५, २७ डिसेम्बरमा सलमानको जन्म भएको थियो। भारतीय चर्चित पटकथा लेखक सलिम खान र उनकी पहिलो पत्नी सलमाका जेठो सुपुत्र सलमान रहेका छन्। सलमानको पुरा नाम अब्दुल राशिद सलीम सलमान खान रहेको छ। पछिल्लो २५ बर्षबाट बलिउडमा सक्रिय रहेका सलमानले सन् १९८८ मा ‘बीवी हो तो एसी’ चलचित्र मार्फत बलिउडको यात्रा सुरु गरेका थिए। सन् १९८९ मा ‘मैने प्यार किया’ चलचित्र मार्फत उनले मुख्य अभिनेताको रुपमा काम गरेका थिए। यो चलचित्र बलिउडमा सर्वाधिक कमाइ गर्ने चलचित्रमा समेत पर्ने गर्दछ। यो संगै एकपछी अर्को लगातार हिट चलचित्र दिन सलमान सफल भएका छन्। उनका सफल चलचित्रहरुमा ‘ अन्दाज अपना अपना, ‘हम दिल दे चुके सनम’, ‘चोरी चोरी चुपके चुपके’, ‘हर दिल जो प्यार करे’, ‘दबंग’, ‘किक’, ‘प्रेम रतन धन पायो’, बजरंगी भाईजान’, ‘सुल्तान’ लगायतका चलचित्र पर्ने गर्दछन।


चलचित्रको कारणले मात्रै हैन बलिउड स्टार खान बिभिन्न कारणले मिडियाको चर्चाको बिषय बन्ने गर्दछन। कानुनि विवादमा पनि सलमान फस्ने गर्दछन। २८ सेप्टेम्बर, २००२ मा उनले लापरबाही तरिकाले गाडी चलाएको कारण एक व्यक्तिको मृत्यु समेत भएको थियो।
त्यस्तै १० अप्रिल, २००६ मा सलमान खान हरिण शिकारको आरोपमा समातिएका थिए। उनलाई पाच बर्षको जेल सजाय सुनाईएको थियो। तर केहि दिनको जेल बसाई पछी उनि जमानतमा छुटेका थिए।
अविवाहित सलमान खानको नाम धेरै अभिनेत्रीहरु सग जोडिने गर्दछ। प्रेम सम्वन्धको बिषयमा सधै उनको चर्चा मिडियामा हुने गर्दछ। ऐश्वर्य राय, सोमी अलि लगायतका उनका पुर्व प्रेमिकाको बिषयमा उनि चर्चित रहने गर्दथे। सन् २००३ मा उनको सम्वन्ध अभिनेत्री कटरिना कैफ संग जोडिने गरिएको थियो। पछिल्लो समय उनको नाम अभिनेत्री लुलिया वतुर संग जोडिने गरेको छ।
बलिउडका लोकप्रिय अविवाहित अभिनेता सलमान खानलाई जन्मदिनको शुभकामना

Comments

comments