दिलिप कुमारलाई भेट्न उनकै निवासमा शाहरुख खान , तस्विर बन्यो भाइरल

निकै लामो समयबाट अस्वस्थ रहेर उपचार गराईरहेका अभिनेता दिलिप कुमारलाई भेट्न उनकै निवासमा शाहरुख खान पुगेका छन् । उनले दिलिप कुमारको स्वस्थ लाभको कामना गर्दै उनलाई ओड्ने ओढाएर निधारमा चुम्बन गरेका थिए । दिलिप कुमारको अवस्था बुझ्न पुगेका उनको तस्विर सामाजिक संजालमा भाइरल बनेको छ ।

दिलिप कुमारको ट्विटर ह्यान्डलबाट उक्त तस्विर शेयर भएका हुन् । सो तस्बिरलाई सायरा बानोले सेयर गर्दै लेखेकी छन्, ‘दिलीप साहब के मुह बोले बेटे शाहरुख खान उनसे मिलने आए, जिसकी कुछ तस्बिर मै सेयर कर रही हुँ ।’ शाहरुख आफ्नो अभिनयको प्रेरणा स्रोत दिलीप कुमारलाई मान्छन् ।

सोही कारण दिलीपले उनलाई छोराको जस्तो व्यवहार गर्ने गरेको बताइन्छ ।

Comments

comments