सलमान र कटरिना देखिए एकसाथ, पुर्व प्रेमी रणवीर संग चल्ने छ लडाइँ

सन् २०१७ मा बलिउडमा धेरै रोमान्चक कुराहरु हुने प्राय: निश्चित देखिएको छ। बक्स अफिसमा धमाकेदार कमाई गर्न सक्ने चर्चा भएका धेरै चलचित्र यो बर्ष रिलिज हुने तयारीमा रहेका छन्।


यहि बिचमा बर्ष २०१७ को क्रिसमसमा सलमान खान र कटरिना कैफ मुख्य भूमिकामा रहेको चलचित्र ‘टाईगर जिन्दा है’ रिलिजको तयारीमा रहेको छ। सन् २०१२ मा रिलिज भएको चलचित्र ‘एक था टाइगर’ को सिक्वेल हो,’टाईगर जिन्दा है’। सोहि समयमा संजय दत्तको बायोपिक चलचित्र पनि रिलिज हुने चर्चा बजारमा रहेको छ। यो चलचित्रमा कटरिनाका पुर्व प्रेमि रणवीर कपुर मुख्य भूमिकामा रहेका छन्।
रणवीर संग ब्रेकअप पछाडी सलमान संग निकट देखिएकी कटरिना र रणवीरको चलचित्र भिडन्त मझेदार हुने अनुमान लगाउन सकिन्छ ।

Comments

comments