नेपाल आईडलले हामी जस्ता लुकेका प्रतिभालाई माथी आउने बाटो कोरिदिएको छ- साहिल जमिर अलि (भिडियो)

पछिल्लो समय निकै चर्चामा रहेको रियालिटी शो हो, नेपाल आइडल। गायन रियालिटी शो ‘नेपाल आइडल पहिलोपटक नेपालमा आयोजना हुदैछ। नेपालमा पहिलोपटक आएको अन्तराष्ट्रिय स्तरको रियालिटी शोको चर्चा र विवाद दुवैले यतिबेला मिडिया गर्माएको छ।  प्रतिस्पर्धीहरुको चर्चा संगै जजहरु नेगेटिभ विवादमा तानिएका छन्। जजहरुले दिएको निर्णयको चर्चको विवादसमेत भैरहेको छ।

तर नेपाल आइडल धेरै प्रतिभाको लागि एउटा यस्तो स्थान बनेको छ जहाँबाट उनीहरुले आफ्नो गायन यात्रामा नयाँ सुरुवात गर्ने मौका पाएका छन्। ती सवै प्रतिभा मध्येका एक हुन् वुटवलका, साहील जमिर अलि।

नेपाल आइडलको अडिसनबाट नै आफ्नै स्टाइलको गायन भएको प्रतिभाको रुपमा साहिललाई हेरिदै आएको छ। नेपाल आइडलको थिएटर राउण्ड सम्म पुगेर बाहिरिएका साहिलाई धेरैले अझै पनि नेपाल आइडलमा हेर्ने चाहाना व्यक्त गर्दछन्। अझै पनि उनको फ्यान फलोइङ उनलाई वाइल्ड कार्ड इन्ट्री मार्फत नेपाल आइडलमा प्रवेश गरेको हेर्न चाहान्छन्।

नेपाल आइडलबाट बाहिरीएपछी पहिलोपटक मिडियामा आएका साहिल संग हामीले उनको नेपाल आइडल यात्रा र त्यसपछि उनको जीवनमा आएको परिवर्तनको बारेमा कुराकानी गरेका छौ। उनले नेपाल आइडलले आफुलाई धेरै माझ परिचित गराएको भन्दै सम्पूर्ण टिमलाई धन्यवाद दिएका छन्।

उनि भन्छन्, बुटवलमा नै साथिहरुमा मात्रै परिचित रहेर उनिहरुको अगाडी मात्रै गीत गाउने मलाई संसारभर परिचित गराईदिएको छ। नेपाल आइडलको सवैभन्दा ठुलो उपलब्धि मेरो लागि यो नै हो। ‘ आफ्नै केहि कमजोरीका कारण बाहिरिएको बताउने साहिल थप्छन्,’ निकै लामो समयसम्म नेपाली म्युजिक क्षेत्रमा आफ्नो समय बिताएका जजहरु हुनुहुन्छ। उहाहरुको निर्णयको यति धेरै विरोध नभए हुन्थ्यो। ‘

नेपाली सांगीतिक क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने लक्ष बोकेका साहिल नेपाली सांगीतिक क्षेत्रमा लागेर कलाकारले जीवन जिउने आधार तय हुनुपर्ने बताउछन्।

Comments

comments