साहाराको चाहाना

तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पणछायाँ २’ बाट नेपाली रजतपटमा डेव्यु गर्ने लागेक नायिका हुन्, साहारा कार्की ।

बिगत १२ बर्षबाट अमेरिका बसोबास गर्दै आएकी साहारा अमेरिकामा नै अध्ययनरत रहेकि छिन् । सानैबाट अभिनयमा रुची रहेकी साहारा आफ्नै होम प्रोडक्सन बाट निर्माण भएको चलचित्र ‘दर्पणछायाँ २’ मार्फत आफ्नो चाहाना पुरा गर्दैछिन । चाडै रिलिजको तयारीमा रहेको चलचित्र बाट उनि निकै आशावादी रहेकि छिन् ।

 


आफ्नै होम प्रोडक्सन बाट डेव्यु गर्दा झन् धेरै चुनौती आफुले महसुस गरेको साहारा सम्झन्छिन । उनि भन्छिन आफ्नै होम प्रोडक्सन भएकाले डेव्यु गरेकी अभिनेत्री भन्दा पनि आफ्नै क्षमताको कारण चलचित्र गरेको भन्ने प्रमाणित गर्नुपर्ने चुनौती उनमा रहेको छ ।


चाडै नै अमेरिका फर्कन लागेकी साहारा चलचित्रको डबिङको लागि यतिबेला नेपालमा छिन् । डबिङ संगै उनि चलचित्र प्रमोशनको लागि पी यतिबेला दौडधुप गर्दैछिन ।

तस्विर: उद्धव  रसाईली 

Comments

comments