शाहरुखको रेकर्ड तोड्दै सलमान खान

सलमान खान, शाहरुख खान र आमिर खानको बक्स अफिसमा रेकर्ड राख्ने होडबाजी नै चल्ने गर्दछ। एकले अर्काको बक्स अफिस रेकर्ड तोड्न यी तीन सधै लागिपरेका हुन्छन् ।


यसैक्रममा सलमान खानको अपकमिङ चलचित्र ‘ट्युबलाइट’ ले शाहरुख खानको चलचित्र दिलावालेको रेकर्ड तोडेको छ।
चलचित्र ‘ट्युबलाइट’को भारतीय राइट्स १३२ करोडमा बिक्रि भएको छ । शाहरुखको दिलवाले १२५ करोडमा बिक्रि भएको थियो । – एजेन्सी

Comments

comments