हसनको ‘रोमियो’ कार्तिकमा

बैशाख २९ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘रोमियो’ले नयाँ रिलिज मिति तय गरेको छ। अव चलचित्र कार्तिक १७ गतेबाट प्रदर्शनमा आउनेछ।

एफडी कम्पनी संगको सल्लाहमा चलचित्रको नयाँ रिलिज मिति तोकिएको निर्माता तथा कलाकार हसनरजा खानले बताएका छन्।
चलचित्रमा हसनरजा खान , निशा अधिकारी, मेलिना मानन्धरको साथमा नव-नायिका ओसिमा बनु मुख्य भूमिकामा रहेका छन्. चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका छन्।

Comments

comments