निशा र हसनको रोमान्टिक भिडियो, यस्तो छ ‘रोमियो’ को गीत

प्रेम दिवसको अवसर परेर चलचित्र ‘रोमियो’ मा समावेश भएको रोमन गीत ‘बाबरी’ सार्वजनिक भएको छ। हसनराजा खान र निशा अधिकारीलाई फिचारीङ गरिएको रोमान्टिक गीतमा सन्तोष लामा र मेलिना राईको स्वर , मुकेश राईको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको छ।


एचआरके प्रोडकस्न र एएसको प्रस्तुतिमा तयार भएको चलचित्र बैशाख २९ गतेबाट रिलिज हुने तयारीमा रहेको छ। हसन र निशाको साथमा चलचित्रमा ओसिमा बानु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय रहेको छ। रामेश्वर कार्कीको छायाँकन रहको चलचित्रमा अष्ट महर्जनको एक्सन र किरण माईकलको कथा रहेको छ। चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका छन्।

Comments

comments