‘मोहनी लाग्ला है’ की गीतकार कुसुम गजमेरको निधन

धेरै सफल गीतकी गीतकार कुसुम गजमेरको निधन भएको छ। ‘कसरी भनु म मनको कुरा’, चियाबारिमा’, ‘मोहनी लाग्ला है’, ‘झझल्को लिएर आएछ सावन’, ‘मोहनी लाग्ला है’ जस्ता चर्चित गीतमा शब्द दिएकी गीतकार गजमेरको ७२ बर्षको उमेरमा निधन भएको हो।

भारतको मुम्बईमा बिहिबार बिहान उनको निधन भएको हो। २००२ सालमा भारतको दार्जीलिङ्गमा जन्मिएकी कुसुमको नेपाली सांगीतिक क्षेत्रमा विशेष योगदान रहेको छ। अझ चलचित्रको गीत लेखनमा उनको निकै ठुलो योगदान रहेको छ। उनि संगीतकार रंजित गजमेरकी पत्नी र निर्देशक तुलसी घिमिरेकी सासु हुन्

Comments

comments