रंगकर्मी विष्णुभक्त फुयाँललाई अन्तिम श्रद्धाञ्जली दिन पुर्व प्रधानमन्त्री सहित विशिष्ठ व्यक्तिहरु प्रज्ञा प्रतिष्ठान

रंगकर्मी विष्णुभक्त फुयाँललाई बुधबार अन्तिम श्रद्धाञ्जली दिन पुर्व प्रधानमन्त्री सहित विशिष्ठ व्यक्तिहरु प्रज्ञा प्रतिष्ठान पुगेका छन्। मंगलबार नाटक खेल्दा खेल्दै निधन भएका रंगकर्मी फुयाँललाई अन्तिम श्रद्धाञ्जलीको लागि प्रज्ञा प्रतिष्ठान राखिएको थियो।


चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, कलाकारहरु बसुन्धरा भुषाल, सरोज खनाल, दिपाश्री निरौला, दिपकराज गिरि, सिताराम कट्टेल, कुन्जना घिमिरे, सलोन बस्नेत, शोभित बस्नेत, नाजिर हुसेन, अनुप बराल लगायतका दर्जनौ कलाकार प्रज्ञा प्रतिष्ठानमा पुगेका थिए।


त्यस्तै पुर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल साथै नागरिक उड्डयन तथा संस्कृतिमन्त्री जीवनबहादुर शाही, सहरी विकास मन्त्रि अर्जुननरसिंह केसी बरिस्ठ नेता रामचन्द्र पौडेल, योगेश भट्टराई, मिनेन्द्र रिजाल, प्रदिप ज्ञावाली लगायतका विशिष्ट व्यक्तिहरु फुयाँललाई श्रद्धाञ्जली दिन प्रज्ञाप्रतिष्ठान पुगेका थिए।

७९ वर्षिय कलाकार फुँयाल पाँच दशक बढी समयदेखि रंगमञ्चमा सक्रिय थिए । ‘अबिरल बग्दछ ईन्द्रावती’, ‘रगत’, ‘तीतो सत्य’ जस्ता टेलिफिल्ममा अभिनय गरेका स्व.विष्णुभत्तले फिचर फिल्ममा पनि अभिनय गरेका छन्।

 

राष्ट्रिय नाचघर जमलमा ‘महर्षि यज्ञवल्क्य’ नाटक अभिनय गर्दागर्दै फुयाँल निधन भएको थियो।  नाटक खेल्दा खेल्दै आफ्नो प्राण त्यग्न पाउ भनेर सधै कामना गर्ने गरेको सम्झदै निर्देशक बद्रि अधिकारीले उहाको ईच्छामरण भएको स्मरण गरे।

 

Comments

comments