‘फेसबुकका भित्तामा लेखेर राष्ट्रवाद हुदैन’-रेखा थापा(भिडियोसंवाद)

अभिनेत्री रेखा थापा पछिल्लो समय राजनीतिमा होमिएकी छिन्। राजनीतिमा होमिए संगै रेखा देशका बिभिन्न क्षेत्रको भ्रमण गरिसकेकी छिन्। यहि क्रममा रेखाले सम्वृद देश निर्माणका लागि सम्पूर्ण युवाहरुलाई एकजुट हुन् आग्रह समेत गरेकी छिन्। २९५ औ पृथ्वी जयन्तिको अवसरमा बुधबार राजधानीमा राप्रपाले गरेको चियापान समारोहमा बोल्दै उनले सवैलाई संघियता नभई सिंगो राष्ट्र निर्माणमा एकजुट भएर उठ्न युवाहरुलाई आह्वान समेत गरेकी छिन्।

आयातित पर्वहरुमा सधै रमाउनेहरुलाई प्रश्न गर्दै रेखाले भनिन, हाम्रा मौलिक पर्वहरु सधै किन फेसबुकका भित्तामा मात्रै पोखिन्छन? किन सडकमा कोहि देखिदैनन? उनले पृथ्वी नारायण शाहको कारणले गर्दा नै आज नेपाल बनेको स्मरण गराउदै भनिन्,’ फेसबुकका भित्ता भर्दैमा राष्ट्रबाद झाल्किदैन। देशलाई अहिले जागरुक युवाको खाचो छ।’

Comments

comments