उपमेयरमा काठमाण्डौबाट रेखा थापा लड्ने

देशमा स्थानीय निकायको चुनावको चटारो रहेको छ। बैशाख ३१ गतेलाई स्थानीय निकायको चुनावको घोषणा भैसेकेको छ। राजनीतिक दलहरु चुनावको चटारोमा छन्। दशक बढी समय पछी जनताले स्थानीय तहमा जनप्रतिनिधि पाउने तयारी हुदैछ।

अभिनेत्री रेखा थापा पछिल्लो समय राप्रपाको राजनीतिमा सक्रिय छिन्। अभिनय संगै राजनीतिमा होमिएकी रेखा थापालाई राप्रपाले स्थानीय निकायको चुनावमा उपमेयरमा उठाउने भएको छ।
राप्रपा काठमान्डौ अध्यक्ष नवराज सिम्खडाले सो जानकारी दिएका हुन्। उनका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा पार्टीका पुर्व प्रवक्ता राजाराम श्रेष्ठ उमेदवार वनेका छन् भने अभिनेत्री रेखा थापा उपमेयरको उमेदवार बनेकी छिन्।केहि समय अगाडी सम्पन्न पार्टीको महाधिवेशनमा रेखा बहुमतले केन्द्रीय सदस्य पदमा विजयी भएकी थिइन्।

अव रेखाको चुनावी नतिजा के हुने हो त्यो चै बैशाख ३१ पछी नै थाह होला?

राजनीति संगै अभिनयमा सक्रिय रेखाको होम प्रोडक्सनको चलचित्र ‘रुद्रप्रिया’ को प्रि-प्रोडक्सनको काम चलिरहेको छ भने उनि अभिनित ‘डायरी’ जेठ पाँच बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।

Comments

comments