नाजिर राज्जा रानी को? रेखा कि केकी

चलचित्र ‘राज्जा रानी’ को छायांकन यतिबेला नेपालगंजमा धमाधम चलिरहेको छ। चलचित्रमा नाजिर हुसेन र केकी अधिकारि मुख्य भूमिकामा रहेका छन्। यम थापाले निर्देशन गर्दै रहेको चलचित्रको केहि समय अगाडी राजधानीमा एक कार्यक्रम गर्दै शुभमुहूर्त गरिएको थियो।


सोहि कार्यक्रममा नेपालका एक जना चर्चित सेलेब्रेटि चलचित्रको मुख्य पात्र रहने बताईएको थियो। तर को रहने भन्ने कुराको आधिकारिक जानकारी भने दिइएको थिएन।
तर प्राप्त जानकारी अनुसार निर्माण टिमले बताएको त्यो चर्चित मुहार अरु कोहि नभएर नेपालकी चर्चित अभिनेत्री रेखा थापा रहेकी छिन्।


यतिबेला रेखा नेपालगंज रहेकी छिन् र उनि चलचित्रको छायाकनमा व्यस्त छिन्। रेखा थापाले सामाजिक संजालमा आफु नेपालगंजमा भएको जानकारी सहितका तस्विरहरु अपलोड गर्दै आएकी छिन्। अब रेखाको चलचित्रमा भूमिका कस्तो रहने हो त्यो चै चलचित्रको प्रचार सामाग्री आएपछि थाह होला?


चलचित्रमा केकी, नाजिर र रेखाको साथमा कामेश्वर चौरासिया, अरुण रेग्मी, दिपक क्षेत्री, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ।
आर्यन फिल्म्सको व्यानरमा तयार हुन लागेको चलचित्रलाई रमेश एम.के पौडेलले निर्माण गरेका छन्।

Comments

comments