राप्रपा केन्द्रीय सदस्यको लागि रेखा चुनावी मैदानमा

नेपाली चलचित्र क्षेत्रमा लोकप्रिय नाम हो, रेखा थापा। आफ्नो अभिनय कलाले चलचित्र क्षेत्रमा राज गरिरहेकी रेखा पछिल्लो समय राजनीतिमा सक्रिय छिन्।

फाल्गुन ६ गतेबाट राजधानीको भृकुटीमण्डपमा पार्टी एकता महाधिवेशन सम्पन्न हुदैछ। यहि महाधिवेशनमा अभिनेत्री रेखा थापा केन्द्रीय सदस्यको लागि मैदानमा उत्रिएका छिन्।अभिनय कलामा दर्शकको मन जित्न सफल अभिनेत्री रेखा थापालाई देशैभर बाट आएका राप्रपा प्रतिनिधिले विस्वास गरेर मत दिने हुन् या होईनन् त्यो भने चुनाव पछि थाह होला।
चलचित्र क्षेत्र र राजनीतिलाई संगै डोर्याउदै गरेकी रेखा आफुलाई देशैभर बाट आएका प्रतिनिधिले मत दिएर जिताउनेमा विस्वस्त छिन्।

Comments

comments