स्थानीय निकायको चुनावमा मतदान गरेपछी रेखाले दिईन् यस्तो प्रतिक्रिया (भिडियोसहित)

अभिनेत्री तथा राप्रपा नेपालकी केन्द्रीय सदस्य रेखा थापाले स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिका ७ बाट भोट हालेकी छिन्।

उनले चावहिल स्थित पशुपति क्यापसमा रहेको मतदान केन्द्रमा गएर लाईन बसेर भोट खसालेकी हुन्।  उनि बिहान साढे १० बजे मतदान केन्द्रमा पुगेकी थिइन्।

भोट  हालेपछि रेखाले आफुले भोट हालेको पार्टीले जित्नेमा विस्वस्त रहेको जनाएकी छिन्। पहिलो संविधान सभाको निर्वाचनमा भोट हालेकी रेखाले त्यसपछी भोट हालेकी थिइनन्। दोश्रो संविधान सभाको निर्वाचनमा मतदाता नामावलीमा नाम नभएपछी उनले मतदान गर्न पाएकी थिइनन्।

मतदान पश्चात उनले भनिन्,’ जनताले विस्वास गरेर मतदान गरेका छन्। अब पनि जनतालाई छल्ने काम भयो भने जनताले माफी दिने छैनन्।’

तस्विर:मिलन ढुंगाना

Comments

comments