रेखाको सिउँदोमा सिन्दुर भर्दै आर्यनले दिए चुम्बन

अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देलले करिव सात बर्षको बन्द बोलचाललाई खोलिसकेका छन्। दुवैले आफुहरुबीच भएको असमझदारी हटाउदै अंकमाल गरिसकेका छन्। तर त्यो अंकमाल अब विवहामा परिणत भएको छ। आर्यनले रेखाको सिउँदोमा सिन्दुर भर्दै चुम्बन गरेको तस्विर बाहिरिएको छ।


तर यो विवहा यथार्थमा नभएर चलचित्र ‘रुद्रप्रिया’ को छायाँकानको लागि भएको हो। रेखा फिल्मस्को व्यानरमा निर्माण हुदै रहेको चलचित्रमा रेखा थापा र आर्यन सिग्देल मुख्य भूमिकामा रहेका छन्।


कार्तिक २ गते लक्ष्मीपुजाको दिन रिलिज मिति तय गरेको चलचित्रको छायाँकन यतिबेला चलिरहेको छ। रेखा र आर्यनको जोडीलाई दर्शकले निकै रुचाउने गरेका छन्। पछिल्लो पटक सात बर्ष पहिले एकसाथ देखिएको यो जोडी अभिनित चलचित्र दर्शकको लागि प्रतिक्षित बनेको छ।

Comments

comments