एक वर्षपछि रेखा सिनेमाघरमा, ‘पलाँस’ प्रिमियर यस्तो देखियो (तस्विर र भिडियोसहित)

करिव एक वर्षपछि नेपालकी सफल अभिनेत्री रेखा थापाको चलचित्र प्रदर्शनमा आएको छ। गएको बर्ष चैत्र महिनामा नै ‘रामप्यारी’ प्रदर्शयता रेखाका कुनै पनि चलचित्र प्रदर्शनमा आएका छैनन्।


चैत्र १८ गते रेखा थापा मुख्य भूमिकामा रहेको चलचित्र ‘पलाँस’ रिलिज भएको छ। सिंगल थिएटरमा निकै सफल रेखा करिव एकवर्षपछि सिनेमाघरमा प्रवेश गर्न लाग्दा निकै उत्साहित देखिन्थिन्।

बिहिबार राजधानीको गरिएको प्रिमियर शो मा पुगेकी रेखाले एउटा यथार्थपरक कथामा काम गर्न पाउँदा आफु निकै उत्साहित भएको बताएकी छिन्। महिला यौनकर्मीको कथा उठाएको चलचित्रमा काम गर्न सुरुवात आफुलाई केहि असहज भए पनि आफुले त्यो भूमिका निर्वाह गर्न निकै मिहेनत गरेको रेखा बताउछिन्।

‘पलाँस’ प्रिमियरमा जे देखियो: 


आफ्नै होम प्रोडक्सनका चलचित्रमा मात्रै देखिदै आएकी रेखा थापा निर्मात्री कृषा चौलागाईको चलचित्रमा देखिएको हुन्। गहन कथावस्तु उठाएर पर्दामा उतारिएको चलचित्रमा कामेश्वर चौरासियाको भूमिका निकै सशक्त देखिएको छ। कोठी संचालकको भूमिकामा देखिएका उनि निकै अब्बल देखिएका छन्।


चलचित्रमा रेखा थापा, कामेश्वर चौरासिया, अयुव केसी मुख्य भूमिकामा रहेका छन्। प्रिमियरमा छुल्ठिम गुरुङ, सलोन बस्नेत, अनु शाह, गौरव पहारी लगायतका कलाकारको उपस्थिति रहेको थियो।

अभिनेत्रि रेखा थापा र निर्मात्री कृषा चौलागाई संग गरिएको रमाईलो कुराकानी:

तस्विर: डीपलभ

Comments

comments