‘पलाँस’मा रेखा शिक्षिका कि ‘कल गर्ल’ (भिडियोसहित)

केपी फिल्म्सको प्रस्तुति चलचित्र ‘पलाँस’ को ट्रेलर सार्वजनिक भएको छ। रेखा थापा, आयुव केसी, कामेश्वर चौरासिया मुख्य भूमिकामा रहेको चलचित्रको करिव तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो।

चैत्र १८ गतेलाई रिलिज मिति तय गरिएको चलचित्रको ट्रेलर निकै कलरफूल देखिएको छ। कृषा चौलागाईको निर्माणमा तयार भएको चलचित्रलाई सुवास कोईरालाले निर्देशन गरेका छन्। सिमा क्षेत्रमा हुने चेलीबेटी ओसारपोसारको कथामा केन्द्रित चलचित्रलाई सुशन प्रजापतिले खिचेका छन्। चलचित्रमा अर्जुन पोख्रेल र प्रदिप बास्तोलाको संगीत रहेको छ।

https://www.youtube.com/watch?v=WHznAzpnlyA

Comments

comments