सकियो रेखा -आर्यन टकराव, सात वर्षपछि देखिदैछन् चलचित्रमा एकसाथ

करिव सात बर्षबाट चिसिएको आर्यन सिग्देल र रेखा थापाको सम्वन्ध अव भने सुध्रिएको छ। चलचित्र ‘कस्ले चोर्यो मेरो मन’ पछाडी दुवैको सम्वन्ध चिसिएको थियो र त्यो चलचित्र पश्चात यी दूई कुनै पनि चलचित्रमा एक साथ देखिएका छैनन्। रेखा थापाको चलचित्र ‘किस्मत’ मार्फत नेपाली चलचित्र क्षेत्रमा आर्यनले प्रवेश गरेका थिए। नेपाली चलचित्र दर्शकले यी दूईको जोडीलाई पर्दामा धेरै रुचाएका थिए। ‘कसले चोर्यो मेरो मन’ पश्चात दर्शकले यो जोडीलाई एकसाथ हेर्ने झन बढी चाहाना राखे। तर यी दुईको चिसिएको सम्वन्धले दर्शकको त्यो चाहाना पुरा हुन झन्डै सात बर्ष लाग्यो।


पछिल्लो समय आर्यनको करियर केहि सुस्ताएको देखिदै आएको छ। गुम्दै गएको आर्यनको क्रेज रेखा फिल्म्सको व्यानरमा बन्न लागेको चलचित्र ‘रुद्रप्रिया’ मार्फत आर्यनले पाएको त्यो उचाई पुन पाउने आशा जागेको देखिन्छ। बुधबार रेखा फिल्मसको कार्यालय बालुबाटारमा आर्यन उपस्थित थिए । ‘यसलाई सबैले सुखद मिलनको रुपमा लिनु होला’ आर्यनसँग हात मिलाउँदै रेखाले भनिन् ।
आर्यनले थपे, ‘रेखा संग मेरो कहिले पनि व्यक्तिगत दुश्मनी थिएन। मीडियामा मैले हाम्रो सम्बन्धको बारेमा केहि पनि भनेको थिइन्। सवैले आफ्नै हिसाबले हाम्रो सम्बन्धलाई परिभाषित गरे। सात बर्ष पछी स्क्रिप्टले मलाई रेखाको चलचित्र सम्म डोर्यायो।

तस्विर: उद्धव रसाईली 

दर्शकले निकै रुचाएको जोडी सात बर्षसम्म पर्दामा एकसाथ नआउदा आफ्ना दर्शकलाई अन्याय गरेको आभाष भएको रेखाले बताईन्। समग्र रुपमा हामिलाई पनि केहि घाटा भयो होला।

सुदिप बबी भूपाल सिंहको लेखन तथा निर्देशन रहने चलचित्र ‘रुद्रप्रिया’ को छायाँकन आउँदो जेठ महिनाको पहिलो सातादेखि सुरु हुनेछ भने रिलिज कात्तिक २ गते लक्ष्मी पूजालाई तोकिएको छ । रमेश एमके पौडेल र सरस्वती थापा निर्माताको रुपमा रहेको फिल्ममा संजय लामाको छायाँकन, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहनेछ।

किस्मत जस्तो सफल चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेका र कसले चोर्यो मेरो मन चलचित्र मार्फत आफ्नो करियरको उचाई पाएका आर्यन सिग्देल र धेरै सफल चलचित्र दिएकी रेखा थापाको यो पुनर्मिलनले नेपाली चलचित्र क्षेत्रमा र यी दुईको करियरमा फेरी नयाँ आयाम ल्याउन सक्ने हो या हैन त्यो भने कार्तिक दुई पछी थाहा होला।

Comments

comments