के बचाउला ‘रुद्रप्रिया’ ले रेखा र आर्यनको खस्कदो क्रेज?

नेपाली चलचित्र क्षेत्रमा कुनै समयको सवैभन्दा लोकप्रिय कलाकार हुन्, आर्यन सिग्देल र रेखा थापा। कुनै समय अभिनेत्री रेखा थापा नेपालको नम्बर १ अभिनेत्रीको रुपमा रहेकी थिइन्। अहिले पनि सामाजिक संजालमा फ्यान फलोइङ हेर्दा र रेखा थापा कुनै ठाउँमा पुग्दा उनका फ्यानहरुलाई उनले घेरेको देख्दा रेखाको क्रेज कुनै पनि हिसाबले कम भएको देखिदैन। तर जसरि बाहिर उनको फ्यान फलोइङ देखिन्छ सोहि अनुपातमा भने रेखाका चलचित्रले हलमा तहल्का मच्चाउन सफल भएका छैनन्। एकबर्षको पर्खाईपछी दर्शकले रेखाका दुई चलचित्र हेर्न पाए। ‘पलाँस’ र ‘डायरी’ दुई चलचित्र रेखाका प्रदर्शनमा आए. तर दुवै चलचित्रले रेखाको स्टारडम अनि क्रेज भने देखाउन सकेन। जुन रुपमा रेखाको चर्चा हुने गर्दछ त्यहि हिसाबको चलचित्रमा भने उनको चर्चा भएन।


उता कुनै समय चर्चामा रहेका अभिनेता आर्यन सिग्देलको पनि सोहि हालत रहेको छ। ‘रुद्रप्रिया’ चलचित्रमा अभिनय गर्नु अगाडी उनि लगभग एक बर्ष बढी चलचित्र बिहिन नै भए। उनि प्राय कार्यक्रमहरुमा व्यस्त रहदै आफ्नो समय कटाउन थाले। पछिल्लो रिलिज ‘होमवर्क’ चलचित्रले उनको मन जित्न सफल भएन। निर्देशक दिनेश राउत भेन्चरमा उनले लगातार दूई सफल चलचित्र दिए। तर पछिल्लो रिलिज ‘पर्व’ चलचित्रमा उनि अटाएनन्।

रेखा र आर्यन दुवैको क्यामेष्ट्री दर्शाकाले केहि बर्ष अगाडी धेरै रुचाएका थिए। तीनबाट चलचित्रमा एकसाथ काम गरेका रेखा र आर्यन विच करिव सात बर्ष सम्म बोलचाल नै बन्द भयो।

दुवैले आफुलाई नम्बर १ भन्ने घमण्ड पालेर एकअर्का संग चलचित्रमा काम नै गरेनन्। करिव सात बर्षसम्म स्टारडमको घमण्ड पालेर बसेका रेखा र आर्यन ‘रुद्रप्रिया’को लागि एक साथ जोडीए। सात बर्ष अगाडी रेखा र आर्यनको जोडीलाई जुन रुपमा दर्शकले मन पराएका थिए अव सात बर्षपछी सोहि क्रेज रेखा र आर्यनको रहने हो या हैन त्यो कार्तिक २ पछी थाहा होला।

तर नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै क्रेज बनाएका रेखा र आर्यन सात बर्ष पछी आफ्नो ईगोलाई पछाडी छाड्दै एकसाथ जोडिनुले नेपाली चलचित्र दर्शकमा भने एउटा नयाँ उत्साह पक्कै कायम गरेको छ।
सात बर्षमा चलचित्र हेर्ने दर्शक बदलिएका छन्, चलचित्रलाई देखाउने शैली बदलिएको छ। अव बदलिएको यो शैली अपनाएर रेखा र आर्यनले एउटा सफल चलचित्र दिन सक्ने हुन् या होइनन् त्यो भने हेर्न बाँकि रहेको छ।

Comments

comments