‘अब आफ्नै पति संग प्रेममा पर्ने हो’- ऋचा शर्मा (भिडियो)

अभिनेत्री ऋचा शर्माले आफ्नो अभिनय कलाले निकै राम्रो फ्यान फलोइंग बटुलेकी छिन्। हरेक चलचित्रमा प्राय फरक भूमिकामा देखिन रुचाउने ऋचाको पछिल्लो रिलिज चलचित्र ‘लुट २’ हो।

लुट २ व्यावसायिक रुपमा सफल भए पनि ऋचाको करियर उकास्न चलचित्रले खासै ठुलो योगदान गरेन। चलचित्रमा ऋचा भूमिका किन र केका लागि राखियो भन्ने प्रश्न समेत उब्जियो। तर यो बिषयमा ऋचाले बोल्दै भनिन्,’चलचित्रमा आफ्नो भूमिका कति छ भन्दा पनि चलचित्रको टिम र आफ्नो रोल कस्तो छ भन्ने कुरामा आफुले ध्यान दिने गरेको छु।’

प्राय प्रेम सम्बन्धको चर्चा बाट पछिल्लो समय टाढा रहने ऋचा केहि बर्ष अगाडी सम्म विनय श्रेष्ठ संग प्रेममा रहेकी थिइन्।
प्रेम सम्बन्धको बारेमा बोल्दै ऋचाले भनिन्, ‘अब लभ गर्दै हिड्ने उमेर रहेन ।समय संगै आफु पनि परिपक्क हुँदै गएको महसुस हुदैछ। अब त आफ्नै पति संग प्रेम गर्ने हो।’ ऋचा अभिनित ‘आधा लभ’ चलचित्र प्रदर्शनको तयारीमा रहेको छ।

फर्स्ट लभ चलचित्र माफर्त डेव्यु गरेकी अभिनेत्री ऋचा शर्मा संग गरिएको कुराकानी

Comments

comments