‘रातो घर’मा विल्सनको चर्चा

शुक्रबार बाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘रातो घर’ को बुधबार प्रिमियर गरिएको छ। विल्सन विक्रम राई ‘तक्मे बुढा’ मुख्य भूमिकामा रहेको चलचित्र ‘रातो घर’ले प्रिमियर पश्चात सकारात्मक प्रतिक्रिया बटुलेको छ।

प्रिमियरमा उपस्थित प्रायले विल्सन विक्रम राईको अभिनयको तारिफ गरेका थिए। विदेशका विभिन्न शहरहरुमा प्रदर्शन पश्चात नेपालमा प्रदर्शन हुन लागेको चलचित्रलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका छन्। चलचित्रमा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी ,मेनुका प्रधान, अनुराग कुंवर लगायतका कलाकारको अभिनय रहेको छ।

राजधानीको बिग मुभिजमा गरिएको प्रिमियरमा करिश्मा मानन्धर, माल्भिका सुब्बा, पुजा शर्मा, सिताराम कट्टेल, कुन्जना घिमिरे, किरण केसी, कोमल वोली लगायतको उपस्थिति रहेको थियो।
नेपालको पूर्वी झापामा उने अपराधिक क्रियाकलाप पाथी आधारित चलचित्रमा विल्सनको कमेडी संवादले दर्शकलाई बाध्न सफल हुनेछ।
मान हिम फिल्मस् र तक्मे प्रोडक्सनको ब्यानरमा बनेको ‘रातो घर’ मा विल्सन विक्रम राई निर्माताको रुपमा रहेका छन्।

Comments

comments