ब्रेकअप पछी पहिलोपटक मिडियामा खुले रणवीर र कटरिना

बलिउडको कुनै समयको चर्चित लभ जोडी रणवीर कपुर र कटरिना कैफ को ब्रेकअप भएको निकै लामो समय बितिसकेको छ।


ब्रेकअप पछी बोलचाल बन्द भएका यी दुई निकै लामो समयपछी मिडियामा एकसाथ देखिएका छन्। मिडियामा दुवैले निकै मज्जाले हाँसो ठट्टा गरेका थिए। दुवैको हाउभाउ हेर्दा लाग्थ्यो अब दुवैमा कुनै रिस बाँकी छैन।
अनुराग कश्यपको निर्देशनमा तयार भएको चलचित्र ‘जग्गा जासूस’ को गीत रिलिजको अवसरमा रणवीर र कटरिना एकसाथ देखिएका हुन्।
दुवै प्रेम सम्वन्धमा रहदा नै चलचित्रमा अनुबन्धित भएका थिए। तर दुवैको ब्रेकअप पश्चात निकै लामो समयसम्म चलचित्रको सुटिङ प्रभावित भएको थियो।

Comments

comments