दौरासुरुवाल र भादगाउँले टोपीमा चिटिक्क राजपाल यादव

भारतीय चर्चित कमेडियन राजपाल यादव यतिबेला नेपालमा रहेका छन्। आजबाट छायांकन सुरु भएको चलचित्र ‘करोडपति’ को सुटिङको लागि उनि नेपाल आएका हुन्। नीता ढुंगाना र आर्यन अधिकारी मुख्य भूमिकामा रहेको चलचित्रमा राजपाल नेपाली भेषमा देखिएका छन्।

अभिनेता आर्यन अधिकारीले सामाजिक संजाल फेसबुकमा राजपाल संग एक तस्विर शेयर गरेका छन्। उनले शेयर गरेको तस्विरमा राजपाल यादव दौरासुरुवाल र भादगाउँले टोपीमा देखिएका छन्। बुझीएअनुसार यादव करिव दुईसाता नेपालमा छायाँकनको लागि रहने छन्। अधिकारी व्रदर्स पिक्चर्स र केतन फिल्मस्को संयुक्त ब्यानरमा चलचित्र बन्न लागेको छ ।

तस्विर: आर्यन अधिकारिको फेसबुकबाट

Comments

comments