कलाकार क्षेत्रीको उपचार सहयोगार्थ जुट्यो ‘राज्जा रानी’ टिम

अभिनेता दिपक क्षेत्री नेपाली कलाकारिता क्षेत्रमा लागेको निकै लामो समय भयो। अभिनय कलालाई जीवन्त दिलाउने अभिनेताको रुपमा परिचित क्षेत्रीले आवाज गुमाएको निकै लामो समय भैसकेको छ। स्वर नालीमा मासु पलाएको कारण उनको आवाज गुमेको बताईएको छ।

 

आवाज गुमाए पनि अभिनय कलामा सक्रिय अभिनेता क्षेत्री यतिबेला चलचित्र ‘राज्जा रानी’ को सेटमा छन्। बिहिबार सुटिङ सेटमा नै जन्मदिन मनाएका क्षेत्रीको उपचार सहयोगार्थ चलचित्र टिम जुटेको छ।
चलचित्र ‘राज्जा रानी’ का निर्माता एमके पौडेलले १ लाख ११ हजार १ सय ११ रुपैया वैंक खाता खोलेर जम्मा गर्दै उपचार सहयोगको घोषणा गरेका हुन्।
त्यस्तै अभिनेत्री केकी अधिकारी (२५ हजार), अभिनेता नाजिर हुसेन (२५ हजार), छायांकार पुरुषोत्तम प्रधान (१० हजार), मेकअप सरल बुढाथोकी (५ हजार), निर्देशक यम थापा (१० हजार), भान्सा हरि थापा (५ हजार) ले सहयोग घोषणा गरेका छन् । उनको शल्यक्रियाको लागि ५ लाख बढी रुपैया लाग्ने बताईएको छ।

Comments

comments