भ्यालेन्टाइन स्पेशल बन्दै पोखरा, राजेशपायल संगै २७ माघमा बन्ने छ प्रेमिल साझं

यतिबेला प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे को रौनक शुरु भैसैकेको छ। प्राय समय सजिसजाउ नै रहने पोखरालाई पनि भ्यालेन्टाइन डे ले छुन थालि सकेको छ। यहि क्रममा ९ फेव्रुअरी  अर्थात् यो २७ माघमा पोखराको लेकसाइडमा हुने ‘भ्यालेनटाइन स्पेशल–२०१७’ मा गायक  राजेशपायल राई सँगै पोखराका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिने तयारि भएको छ । कार्यक्रममा राजधानीका अन्य कलाकार पनि प्रस्तुत हुँदैछन् । जहाँ दर्शकसँगै उनीहरु प्रेमिल साँझमा डुबुल्की मार्ने छन् । ‘भ्यालेनटाइन स्पेशल–२०१७’मा सहभागी हुन पोखरा पुगेको भोलीपल्ट नै राजेशपायल अर्को कार्यक्रममा सहभागी हुने भएका छन् । उनले लेखनाथ महोत्सवमा आफ्नो प्रस्तुतीका लागि सहभागी हुने बताईएको छ । ‘म यसपटक दुईटा कार्यक्रम भ्याएर आउने छु’ यी मेगास्टारले भने, ‘भ्यालेनटाइन स्पेशल’मा सहभागी भएको अर्को दिन लेखनाथ महोत्सवमा मेरो प्रस्तुति रहनेछ ।’ उनले आफ्ना दर्शक तथा प्रशंसकलाई लेखनाथ महोत्सवमा निम्तो समेत गरेका छन् ।

एमएमएस इन्टरटेनमेन्ट काठमाडौंले आयोजना गर्न लागेको उक्त प्रेमिल साँझमा पोखराका स्थानीय कलाकारहरु गायक विक्रम लोप्चन, एल्विन थापा, नृत्यकार अस्मिता पुन, हास्य कलाकार सुमिन गुरुङलगायतले आफ्नो दमदार प्रस्तुती दिने भएका छन् । राजेशपायललाई मुख्य आकर्षक बनाइएको उक्त साँझमा राजधानीबाट संगीतकार तथा गायक महेन्द्र राई, सुसन कँडेल,गायिका दीपा तामाङ, भीषण राई, विनय केटु, नृत्यांगना पे्ररणा तामाङ, मोडल तथा अभिनेत्री सम्झना राईलगायतका कलाकार सहभागी हुँदैछन् । कायक्रमको अर्को आकर्षण फेसन शो पनि रहेको छ । सो कार्यक्रममा मोडल अफ पोखराका मोडलहरु -याम्पमा उत्रँदैछन् । विभिन्न कलाकारको प्रस्तुतीले उक्त साँझको रौनक त छँदैछ, सोही कार्यक्रममा ‘१४ फ्रेबुअरी’ नामक चलचित्रको प्रिमियर  गरिँदैछ । उक्त चलचित्र प्रिमियरले दर्शकलाई ‘भ्यालेनटाइन–डे’ तिर्सना मेटाइदिने छ । उक्त साइलेन्स चलचित्रलाई गीतकार तथा मोडल दर्पण राई निर्देशन गरेका हुन् । चलचित्रमा दर्पण र सम्झना राईको प्रमिल अभिनय रहेको छ । चलचित्रमा भावनात्मक प्रेमको विम्ब दर्साइएको निर्देशक तथा कलाकार दर्पणले बताए । उक्त ‘भ्यालेनटाइन स्पशेल साँझ’ को मुख्य संयोजक तथा आयोजक दर्पण राई नै हुन् भने पोखराको संयोजन मनिका पनेरु ‘जेनी’ले गरेकी छन् । फेसियल हाउस काठमाडौले मुख्य प्रायोजन गरेको यस कार्यक्रमलाई यकिन गुरुङले सञ्चालन गर्ने भएका छन् । काठमाडौंमा स्थापित फेसियल हाउसले चाँडै पोखरामा पनि आफ्नो शाखा विस्तार गर्दैछ । यही आउँदो चैतबाट पोखराको   मलमा फेसियल हाउस सञ्चालनमा ल्याउने बताइएको छ ।

Comments

comments