राजेश हमाल भन्छन्,’रसियामा पढ्दा आफूभन्दा जेठी केटि मरिनासंग पहिलो प्रेम भयो’ (भिडीयोसंवाद)

महानायक राजेश हमाल पछिल्लो समय चलचित्र क्षेत्रमा भन्दा पनि आफ्नो वैवाहिक जीवनमा व्यस्त छन्। मधु भट्टराई संग केहि बर्ष अगाडी दाम्पत्य जीवनमा बाधिएका हमाल पछिल्लो समय घुमघाममा व्यस्त छन्।
राजेश हमालको चलचित्र यात्राको जति बढी चर्चा हुन्छ, त्यति नै कम चर्चा उनको पुराना दिनहरुको हुन्छ। आफ्नो बैवाहिक जीवन निकै मंगल भएको बताउने हमालको प्रेम सम्वन्धको चर्चा कमै हुने गर्दछ। हमालको नाम कसैसंग त्यति बढी जोडिएको पनि सुनिदैन।


हामीले राजेश हमालको पहिलो प्रेम प्रसङ्ग उठाउने प्रयास गरेका थियौ।
उनले आफ्नो प्रेम प्रसङ्ग बारे कुरा उठाउदै भने, ‘रसियामा स्कुल पढ्दा आफु भन्दा सिनियर केटि संग लप परेको थियो। पहिलो प्रेम हुदा म १४ बर्षको थिए ।  म कक्षा ७ मा अध्यानरत रहदा कक्षा ९ मा पढ्ने केटि संग फिल्मी स्टाईलमा लप पर्यो। ‘
महानायक राजेश हमालको रसियामा पढ्दापढ्दै फिल्मी स्टाईलमा परेको पहिलो प्रेम कहानी भिडियोमा प्रस्तुत गरेका छौ।

Comments

comments