रविना टन्डनको आरोप सलमान र आमिर २१ बर्षको हिरोईनको पछी लाग्छन्

बलिउड अभिनेत्री रविना टन्डनको पछिल्लो समय त्यति धेरै सक्रिय छैनन्।  उनि अभिनित चलचित्र ‘मातृ’ शुक्रबार बाट रिलिज हुने तयारीमा रहेको छ।

शोही चलचित्रको प्रमोसनको क्रममा रहेको रविनाले सलमान खान र आमिर खान माथि आरोप लागाएकी छिन्।

उनले सलमान र आमिर सधै २१ बर्षका हिरोईन संग चलचित्रमा काम गर्न पछी लाग्ने आरोप लगाएकी छिन्।
अन्तर्वार्ताको क्रममा उनलाई ‘अन्दाज अपना अपना २’ बन्यो भने काम गर्न चाहानुहुन्छ? भनेर प्रश्न गरिएको थियो।  जवाफमा उनले गर्छु भनेकी थिइन्।  तर, सलमान र आमिर निकै चलाख छन् । चलचित्रकोको सुरुवातमै उनीहरु मेरो र लोलोको तस्बिरमा माला झुण्ड्यादिन्छन् र भन्छन् कि-‘हाम्रा श्रीमतिको मृत्यु भयो ।’ यति भनेर उनीहरु २१ बर्षका कुनै हिरोइनको पछि भाग्नेछन् ।’

Comments

comments