प्रियंका भन्छिन्, ‘मेरो कारणले चाडै नै धेरैको हार्टब्रेक हुने वाला छ’ (भिडियोसंवाद)

अभिनेत्री प्रियंका कार्कीले भर्खरै आफ्नो ३० औ जन्मदिन मनाईन्। सुन्दर अभिनेत्री प्रियंका नेपाली चलचित्र क्षेत्रमा निकै सक्रिय नाम हो। मोडलिङ र चलचित्र क्षेत्रमा सक्रिय प्रियंकाले आफ्नो ठुलो फ्यान फलोईङ बनाएकि छिन्।


अमेरिकामा रोचक मैनाली संग सम्वन्ध विच्छेद गरेर नेपाली चलचित्र क्षेत्रमा सक्रिय प्रियंका अहिले अविवाहित छिन्। मिडियामा विभिन्न गसिपले सधै छाईरहने प्रियंका सामाजिक संजालमा सक्रिय अभिनेत्री हुन्। सामाजिक संजालबाट आफ्ना शुभचिन्तक माझ सधै अपडेट रहने प्रियंका कहिलेकाही अनौठो अपडेट गर्ने गर्छिन्। केहि समय अगाडी मात्रै प्रियंकाले आफ्नो पेटमा कपडा कोचेर आफु प्रेग्नेट भएको भान गराउने क्याप्सन सहितको तस्विर शेयर गरेकी थिइन्। आफ्नो पेटमा डाईनोसरको अण्डा रहेको भन्दै प्रियंकाले तस्विर शेयर गरेकी थिइन्।
त्यसो त प्रियंकाले आफ्नो प्रेम जीवनको बारेमा पनि खुलाएकी छिन्। आखिर के प्रियंका कसैको प्रेममा छिन त? यो बिषयमा बोल्दै प्रियंकाले भनिन्, प्रेममा त जो पनि हुन्छ। म पनि मान्छे हु मलाई पनि प्रेम हुन सक्छ नि। एउटा कुरा चाडै नै मेरो कारणले धेरैको हार्टब्रेक हुनेवाला छ।’

पछिल्लो समय एक पछी अर्को चलचित्रको छायाँकनमा व्यस्त प्रियंका कार्कीको नयाँ चलचित्र ‘राधे’ रिलिजको तयारीमा रहेको छ।

Comments

comments