प्रेमलाई शारीरिक सम्वन्ध संग जोड्दा प्रियंकाको आपत्ति

नेपालकी सफल अभिनेत्री प्रियंका कार्कीले भर्खरै आफ्नो ३० औ जन्मदिन मनाईन्। पति रोचक मैनाली संग सम्बन्ध बिच्छेद पछी नेपाली चलचित्र क्षेत्रमा सक्रिय प्रियंकाको प्रेम सम्वन्धको बारेमा यदाकदा चर्चा चल्ने गर्दछ। तर पनि प्रियंका कार्की कसैको प्रेममा छिन् या छैनन् त्यो भने स्पष्ट छैन।


प्रियंका कार्कीले एक मिडियालाई दिएको अन्तर्वाताको क्रममा प्रेमको बारेमा खुलेर कुरा गरेकी छिन्। उनले प्रेमलाइ साँघुरो अर्थमा अर्थाउन नमिल्ने बताएकी छिन्। उनले थपिन् शारीरिक सम्वन्ध राख्नु मात्रै प्रेम होईन। यसलाई यो अर्थमा परिभाषित नगरियोस्।
मानव जीवनमा प्रेम सवैभन्दा अवश्यक कुरा भएको उल्लेख गर्दै उनले प्रगतिको मुल बाटो नै प्रेम भएको उल्लेख गरेकी छिन्।

Comments

comments