निशा र प्रियंकाको एकै स्वर, ‘लाभ साशा एउटा सुन्दर चलचित्र बनेको छ’ (भिडियो सहित)

पौष २५ गते मंगलबार चलचित्र ‘लाभ साशा’ ले भव्य प्रिमियर सम्पन्न गरेको थियो। धेरै सेलिब्रेटी पुगेको प्रिमियर हेरिसकेपछि चलचित्रले मिश्रित प्रतिक्रिया पाएको थियो।  एउटा सरल कथामा बनेको सुन्दर प्रेमभाव व्यक्त गरेको चलचित्र भनेर धेरैले प्रतिक्रिया जनाएका थिए।
यहि क्रममा अभिनेत्री प्रियंका कार्की र निशा अधिकारिले चलचित्र हेरिसकेपछि एउटा सुन्दर चलचित्र बनेको प्रतिक्रिया दिएका छन्।


प्रियंकाले भनिन्, ‘हामी सबैले एक-अर्कालाई महसुस गरेर चलचित्र हेर्न सक्छौ। चलचित्रको स्क्रिनप्ले निकै राम्रो छ।  त्यसमाथि केकिको अभिनय झन् दमदार छ।’
त्यस्तै अर्की अभिनेत्री निशा अधिकारीले भनिन,’ चलचित्रको स्क्रिप्ट, स्क्रिनप्ले अनि कलाकारको अभिनय निकै अब्बल छ। केकिले आफ्नो भविस्यको लागि एउटा यादगार चलचित्रमा अभिनय गरेकी छिन्।’

https://www.youtube.com/watch?v=U0jalh-DUgo&t=2s

Comments

comments