‘प्रियंका मेरो श्रीमती हो भन्न पाउँदा मलाई गर्व लाग्नेछ’- आयुष्मान देशराज जोशी

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की प्रेममा रहेको केहि समय भएको छ। दुवै आफ्नो प्रेमलाई सार्वजनिक रुपमा नै प्रस्तुत गर्ने गर्दछन्। मिडियामा दुवैले आफ्नो प्रेमको बारेमा खुलस्त पारिसकेका छन्।  केहि दिन अगाडी भएको एक अवार्ड समारोहमा अवार्ड पाएको खुशियालीमा दुवैले एक अर्कालाई चुम्बन गरेको समाचारले मिडियामा निकै राम्रो स्थान पायो।


दुवैको विवहाको प्रसंगलाई लिएर पनि आजकल चर्चा सुरु भएको छ। यहि क्रममा एक मिडियालाई दिएको अन्तरवार्तामा आयुष्मानले प्रियंकालाई आफ्नो श्रीमतिको रुपमा हेर्न चाहेको बताएका छन्। उनले प्रियंकालाई आफ्नो श्रीमती हो भन्न पाउँदा आफुलाई गर्व लाग्ने समेत बताएका छन्।

केहि बर्ष अगाडी आफ्नो करियरलाई वैवाहिक जीवनले असर पुर्याएको भन्दै पति रोचक मैनाली संग डिभोर्स गर्दै प्रियंका यो क्षेत्रमा सक्रिय बनेकी थिइन्। छोटो समयमा नै प्रियंकाले नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकी छिन्। अव यस्तो अवस्थामा प्रियंकालाइ आफ्नो पत्नी बनाउने आयुष्मानको चाहाना पुरा होला या नहोला त्यो भने भविष्यले बताउला।

Comments

comments