प्रियंकाको कलेज यात्रा, आर्यन बने सहपाठी

अभिनेत्री प्रियंका कार्की यतिबेला नयाँ चलचित्रमा काम गरिरहेकी छिन्। उनि पहिलोपटक अभिनेता आर्यन अधिकारी संग स्क्रिन शेयर गर्दैछिन्।


ओम प्रतिकको नयाँ चलचित्र ‘बटरफ्लाई’ मा आर्यन र प्रियंकाको जोडी बाधिएको हो। चलचित्र ‘के म तिम्रो होइन र’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका आर्यन नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेका नायकका रुपमा हेरिएको छ।
सुटिङको क्रममा रहेको चलचित्र ‘बटरफ्लाई’क सुटिङका केहि तस्विर बाहिरिएका छन्। बाहिरिएको तस्विरमा आर्यन र प्रियंका कलेज ड्रेसमा देखिएका छन्।
ओम प्रतिकको निर्देशनमा तयार हुदै रहेको चलचित्रमा आर्यन र प्रियंकाको साथमा अर्पण थापा मुख्य भूमिकामा रहेका छन्।

Comments

comments