रोहितजोन र श्रेयाको आवाजमा रेकर्ड भयो ‘प्रेमगीत-२’ को शिर्ष गीत

संगीतकार अर्जुन पोख्रेल संगको विवाद पछी नयाँ टिमको साथमा ‘प्रेमगीत-२’ को शिर्ष गीत तयार भएको छ। चर्चित व्याण्ड १९७४ एडीका गायक रोहितजोन क्षेत्री र श्रेया सोताङको आवाजमा गीत रेकर्ड भएको हो।


जमल स्थित डोरीमा स्टुडियोमा बिहिबार गीत रेकर्ड भएको हो। कल्याण सिहंको संगीत, अमृत मरहठ्ठाको शब्द रहेको गीतको मेल र फिमेल भर्सन रेकर्ड गरिएको निर्माण टिमले जानकारी दिएको छ। यहि गीत मार्फत रोहित पार्श्व गायनमा प्रवेश गर्दैछन्।
नेपाल थाईल्याण्ड र म्यानारमा छायाँकन हुने चलचित्रलाई रामशरण पाठक निर्देशन गर्दैछन्। चलचित्रमा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेका छन्।

Comments

comments