सुटिङ सेटबाट बाहिरियो क्लाईमेक्स सिनको तस्विर, ‘प्रेमगीत २’ को खुल्यो सस्पेन्स (तस्विर र भिडियोमा)

चलचित्र ‘प्रेमगीत २’ ले साउन १३ गतेलाई प्रदर्शन मिति तय गरेर प्रचारप्रसार सुरु गरिसकेको छ। प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको क्लाईमेस्क सीनलाई निकै महत्वपूर्ण मानिएको छ र यसलाई लुकाउन समेत खोजिएको थियो।

तर चलचित्रको सुटिङ सेटबाट क्लाइमेक्स सिनका तस्विरहरु बाहिरिएका छन्। सामाजिक संजाल फेसबुक मार्फत एक व्यक्तिले उक्त तस्विरहरु सार्वजनिक गरेका हुन्। सार्वजनिक तस्विरमा निर्माता सन्तोष सेन र अभिनेता प्रदिप खड्कालाई विल्कुलै फरक अवतारमा देख्न सकिन्छ।

एक्सन सीनका उक्त दृश्यहरु निकै लोभलाग्दो देख्न सकिन्छ।  ‘प्रेम गीत’ चलचित्रको सिक्वेललाई दर्शकले निकै चासोको साथमा हेरिरहेकाछन्।

रामशरण पाठकले निर्देशन गरेको चलचित्रको क्लाइमेक्स सीन बाहिरिदा अब निर्माण टिमलाई कतिको घाटा पर्ने हो ? त्यो भने चलचित्र रिलिजको समयमा थाहा होला। तर सार्वजनिक तस्विरहरुले चलचित्र कस्तो बनेको होला भन्ने कौतुहलता भने दर्शकमा पक्कै थपेको छ।

Comments

comments