‘प्रेमगीत २’ कभर गीत प्रतियोगिताको लागि २ सय ५० गीत छनोट

loading...

साउन १३ गतेलाई रिलि मिति तय गरेको चलचित्र ‘प्रेम गीत २’ ले आयोजना गरेको ‘कभर गीत भिडियो’ प्रतिस्पर्धाको लागी ८ बढी भिडियो प्राप्त भएका छन्। जसमध्ये निर्माण टिमले प्रतिस्पर्धाको लागि २ सय ५० भिडियो छनोट गरेको छ। छनोट भएका सवै भिडियो युट्युवमा अपलोड गरिएको छ।

भदौको दोश्रो साता यी भिडियोबाट उत्कृष्ट १५ भिडियो छानिनेछ र अन्तिम १५ जनाबाट उत्कृष्ट छनोट गरिने चलचित्र निर्माण कम्पनि आशुसेन फिल्मस्ले जानकारी दिएको छ। भदौ पहिलो साता युटुबमा भ्यूजको आधारमा उत्कृष्ट पन्ध्र घोषित गरिनेछ । यीमध्ये पाँचजना प्रतिभालाई वाइल्ड कार्ड प्रणालीमार्फत सीधै उक्त राउन्डका लागि समावेश गरिने भएको छ । विजेता महिला र पुरुषले १-१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। सन्तोष सेनको लगानी र रामशरण पाठकको निर्देशनमा तयार भएको चलचित्रमा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेका छन्।

Comments

comments