बागमती सफाई अभियानमा मनिषा कोईरालाको साथामा प्रेम र गीत (भिडियो)

loading...

बागमती सफाई अभियानको २१८ औ हप्ता हिजो शनिबार सम्पन्न भएको छ। सो सफाई अभियानमा ‘प्रेमगीत २’ को टिम पुगेको थियो। मोफसल दौडाह सकेर राजधानी फर्किएको निर्माण टिमले सफाई अभियानमा हात बढाएको हो।

देशका ११ सहर पुगेर कन्सर्ट टुर गरेको निर्माण टिमले शनिबार त्रिपुरेश्वर स्थित बागमती नदीको किनारमा सरसफाई अभिनयमा सरिक भएको हो। सरसफाई अभियानमा प्रदिप खड्का, अश्लेषा ठकुरी, सन्तोष शेन, रामशरण पाठक लगायतको उपस्थिति रहेको थियो।

चलचित्र टिमको साथमा अभिनेत्री मनिषा कोईराला, गायिका कोमल ओली, कलाकार सिताराम कट्टेल लगायतको उपस्थिति रहेको थियो। रामशरण पाठकले निर्देशन गरेको चलचित्र ‘प्रेमगीत २’ साउन १३ गतेबाट रिलिज हुने तयारीमा रहेको छ।

 

Comments

comments