अश्लेषा र प्रदीपको यो कस्तो प्रेम (भिडियो)

अश्लेषा ठकुरी र प्रदीप खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘प्रेमगीत २’ को नयाँ गीत सार्वजनिक भएको छ । सागर संसार राईको आवाजमा रहेको ‘न त हास्न नै सक्छु’ बोलको गीत सार्वजनिक भएको हो । मनिषा खड्काको शब्द रहेको गीतमा एलिश कार्कीको संगीत रहेको छ ।

आशुसेन फिल्मसद्धारा निर्मित चलचित्र प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन लगायतको अभिनय रहेको छ । रामशरण पाठकले निर्देशन गरेको चलचित्रलाई नेपाल, म्यानमार, थाइल्याण्ड लगायतका ठाउमा छायाँकन गरिएको छ।

Comments

comments