सकियो ‘प्रेमगीत २’ को देश दौडाह, ११ शहरको यात्रामा देखियो प्रदिप संग सेल्फी खिच्नेको भिड

loading...

बर्षको प्रतिक्षित मानिएको चलचित्र ‘प्रेमगीत २’ साउन १३ गतेबाट रिलिज हुने तयारीमा रहेको छ। प्रमोशनको लागि निकै मिहेनत गरिरहेको निर्माण टिमले देशका ११ शहरमा कन्सर्ट सम्पन्न गरेको छ। दमौलीबाट सुरु गरेर विर्तामोड पुगेर कन्सर्ट टुर सम्पन्न भएको छ।

यसविचमा निर्माण टिमले पोखरा, नेपालगञ्ज, वुटवल, नारायणगढ, हेटौडा, विराटनगर, दमक, धरान, इटहरीको यात्रा तय गरेको छ। अव काठमाण्डौ, ललितपुर र भक्तपुरमा कन्सर्ट गर्ने निर्माण टिमले जनाएको छ।

११ शहर घुम्दा आफुले वासतविक दर्शक माझ पुग्न पाएको निर्माता शेनले जानकारी दिए। प्रदिप संग सेल्फी खिच्नको लागि मात्रै घन्टौ सम्म कुरेर बस्ने युवतीहरुको भिड लागेका थिए। नेपाल, म्यानमार र थाइल्याण्डमा खिचिएको चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका छन्।

Comments

comments