कति दमदार छ प्रभासको नयाँ चलचित्र ? (भिडियो)

बाहुबली २ चलचित्र बाट प्रभासले निकै राम्रो लोकप्रियता कमाए। चलचित्रमा बाहुबली र देवसेनाको जोडीलाई खुबी रुचाईयो। बाहुबलीको भूमिकामा देखिएका प्रभास र देवसेनाको भूमिकामा देखिएकी अनुष्का शेट्टीको जोडीलाई दर्शकले खुबै रुचाए। निकै राम्रो प्रशंसा बटुल्न सफल यो जोडीलाई दर्शकले चाडै नै पर्दामा देख्न पाउने भएका छन्। अनुष्का र प्रभासको एक तेलगु चलचित्रको हिन्दि भर्जनमा यी दुई देखिन लागेका हुन्।

२००९ मा तेलगुमा रिलिज भएको चलचित्र ‘बिल्ला’ अब हिन्दि भर्जनमा तयार भएको हो। चलचित्रको तेलगु भर्जन सुपरहिट बनेको थियो। प्रभास डबल रोलमा देखिएको चलचित्रमा अनुष्का फरक अवतारमा प्रस्तुत भएकी छिन्। चलचित्रको हिन्दि भर्जनको नाम ‘द रिटर्न अफ रिवेल २’ राखिएको छ।

Comments

comments