मेरो मनमा अझै पनि पूजा शर्मा छ- प्रदिप खड्का (भिडियो)

करिव दुई बर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत’ पछी प्रदिप खड्का र पूजा शर्माले निकै राम्रो चर्चा पाए। दुवैले चलचित्र रिलिज पछी नै दुवैको सम्वन्ध चिसिएको चर्चाले मिडियामा निकै राम्रो स्थान पायो। सामाजिक संजालमा ब्लक गर्नेदेखि लिएर बोलचाल सम्म बन्द रहेको छ। अहिले पनि दुवैको सम्वन्ध सुमधुर बन्न सकेको छैन। प्रेम गीत बाट रुचाईएको यो जोडीलाई दर्शकले पनि अहिले खोजिरहेका छन्।

https://www.youtube.com/watch?v=b93_DojWuvw

दुवैको बोलचाल बन्द भए पनि मिडियामा दुवैले एकअर्का संग निकै मज्जाले प्रेम दर्शाउने गरेका छन्। दुवैले मिडियामा एक अर्काको निकटतमसम्बन्ध भएझै झल्काउने गर्दछन्। केहि समय अगाडी मात्रै पूजाले प्रदीपलाई अझै माया गर्ने बताएकी थिइन्।
प्रदीपले पनि एक अन्तर्वार्तामा आफ्नो मनमा अझै पूजा भएको बताएका छन्। उनले भने,’ मलाई विश्वास छ पूजाको मनमा म छु अनि मेरो मनमा पनि पूजा छिन्।’

Comments

comments