‘छक्का पन्जा २’ मा काम नगर्नुको कारण यसरि खुलाए प्रदीप खड्काले (भिडियो)

प्रेमगीत चलचित्रले सफलता हासिल गरेसंगै अभिनेता प्रदिप खड्काले नेपाली चलचित्र क्षेत्रमा आफ्नो स्थान उच्च बनाए। अभिनेत्री पुजा शर्मा संग देखिएका चकलेटी व्याई प्रदीपले धेरैको मन जित्न सफल भए। उनलाई लिएर धेरै निर्माता निर्देशकले चलचित्र निर्माण गर्ने चाहना समेत व्यक्त गरे।

तर उनले नेपालका ठुला भनिएका र नाम चलेका व्यानर र निर्देशकको अफर नकार्दै प्रेमगीत २ को तयारीमा जुटे। साउन १३ गतेलाई रिलिज मिति तय गरेको चलचित्रको क्लईमेक्स सिनको सुटिङको लागि प्रदीपको कसरत चलिरहेको छ। केहि दिन अगाडी नेपाली चलचित्र ईतिहासको सफल चलचित्र ‘छक्का पन्जा’ को सिक्वेलामा प्रदिप खड्कालाई अफर गरिएको चर्चा चल्यो। उनि संगै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई समेत चलचित्रमा खेलाउने चर्चा सुनियो। तर साम्राज्ञीले चलचित्रमा काम गर्न अस्विकार गरेको समाचार बाहिरियो भने प्रदीपले निर्णय नदिएको बताईयो।

तर प्रदीपले हामीसंगको कुराकानीमा आफुले दिपक-दीपाको ‘छक्का पन्जा २’ काम गर्न नसक्ने बताएका छन्। उनले आफुलाई चलचित्रको अफर गर्दा चलचित्रको रिलिज मिति भदौमा बताईएको थियो। ‘प्रेमगीत २’ को रिलिज मिति साउन १३ गते भएकाले आफुले ‘छक्का पन्जा २’ लाई सोचेजस्तो समय दिन नसकेकाले चलचित्रमा काम गर्न नसक्ने जानकारी दिएको बताए।

यसर्थमा दिपक-दीपाले खोजेको दूई नयाँ अनुहार साम्राज्ञी र प्रदिप दुवै नहुने पक्का भएको छ। ‘प्रेमगीत २’ को लागि निकै मिहेनत गरेका प्रदीपले दर्शकको मन कतिको जित्ने हुन् त्यो भने साउन १३ गतेपछि थाहा हुनेछ।

Comments

comments