राराको सुन्दरतामा कति सुहायो प्रदिप र अश्लेषाको जोडी ?(भिडियो)

प्रदीप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेको चलचित्र ‘प्रेमगीत २’ को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।  गीतको कारण नै चर्चमा आएको चलचित्र ‘प्रेमगीत’ को सिक्वेलमा पनि गीतसंगीत कस्तो बनेका होलान् भन्ने चासो सबैतीर रहेको छ। सोहि कारण पनि साउन १३ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘प्रेमगीत २’ निर्माण टिम आफ्नो गीत संगीत सशक्त बनाउने कोसिसमा रहेका छन्।

सोहि क्रममा गायक रोहित जोन क्षेत्रीको आवाज, शब्द र संगीतमा रहेको गीत ‘बिस्तारै बिस्तारै’ सार्वजनिक भएको छ। राराको सौन्दर्यलाई निकै राम्रो संग कैद गरिएको गीतमा चलचित्रका मुख्य कलाकार प्रदिप र अश्लेषा फिचरिङमा रहेका छन्। गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका छन्।
रोमान्टिक प्रेम कथामा बनेको बताईएको चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका छन्।

Comments

comments