प्रभास र सलमान एकै चलचित्रमा देखिदै

निर्देशक रोहित सेट्टीले प्राय हिट चलचित्रहरु निर्देशन गरेका छन्। बलिउडमा निकै सफल चलचित्र निर्देशन गरेका सेट्टीले दुई सुपरस्टारलाई लिएर चलचित्र निर्माण गर्ने भएका छन्।

बाहुबली अभिनेता प्रभास र बलिउड सुल्तान सलमान खानलाई लिएर उनले चलचित्र निर्माण गर्ने भएका हुन्। दुई स्टारलाई चलचित्रमा लिएर काम गर्ने तयारीमा लागेका सेट्टीको सलमान संग कुरा भैसेकेको भारतीय संचारमाध्यमले जनाएका छन्। त्यस्तै प्रभासलाई चलचित्रमा कम गराउने प्रयास भैरहेको खबर बाहिरिएको छ।- एजेन्सी

Comments

comments