दोहोरो हैन अव तेहेरो भूमिका देखिने छन् ‘बाहुबली २’ मा प्रभाष

बहुप्रतिक्षित बनेको चलचित्र ‘बाहुबली २’ को रिलिज मिति नजिकिदै गएको छ। सामजिक संजाल र मीडियामा चलचित्रको चर्चा निकै ठुलो रहेको छ। चलचित्रमा प्रभास दोहोरो भूमिकामा रहेको खबर यस अगाडी नै बाहिरिएको छ। पिता अमरेन्द्र बाहुबली र उनको छोरा महेन्द्र बाहुबली अर्थात शिवुडुको भूमिकामा उनि देखिने छन्।

बाहिरिएको खबर अनुसार प्रभास महेन्द्र बाहुबलीको हजुरबाको रोलमा देखिनेछन्। चलचित्रमा उनको नाम धर्मेन्द्र बाहुबली रहनेछ।
सोसियल मीडियामा चलचित्रमा प्रभासको ट्रिपल रोल रहने समाचार बाहिरिएको हो। यो खबरमा कति सत्यता छ त्यो चै हेर्न बाँकी रहेको बिषय रहेको छ।
एस एस राजमौलीको निर्देशनमा तयार भएको चलचित्र अप्रिल २८ मा प्रदर्शनमा आउनेछ।

Comments

comments