पूजा पनि चलचित्र निर्मात्री, सुदर्शन संगै ‘म यस्तो गीत गाउँछु’ मा लगानी

पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ बाट पूजा नेपाली रजतपटमा निर्मात्रीको रुपमा देखिने भएकी छिन्। सुदर्शन थापाको लगानी रहने बताईएको चलचित्र अव पूजा र सुदर्शनको संयूक्त लगानीमा निर्माण हुनेछ।

केहि समय अगाडी नै निर्माण घोषणा गरिएको चलचित्र फ्लोरमा जान सकेको छैन। निर्देशक सुदर्शन थापाका अनुसार चलचित्र ‘पर्व’ खिचिएको क्यामेराले नै चलचित्र खिचिने भएकाले सुटिङ ढिला भएको हो। उनका अनुसार यहि महिनाबाट चलचित्र छायांकन सुरु हुनेछ। त्यसो त चलचित्रका नायक पल शाहको अर्को प्रोजेक्टले पनि ‘म यस्तो गीत गाउँछु’को सुटिङ समय मिलिरहेको छैन।
त्यस्तै  चलचित्रको लागि भनेर रेकर्ड गरिएका ९ गीत मध्ये ३ वटा गीत मात्र चलचित्रमा समावेश गरिने भएको छ। निर्देशक थापाका अनुसार सुगम पोखरेल, अर्जुन पोखरेल, प्रमोद खरेल र अन्जु पन्तको आवाजमा रहेका ३ वटा गीत चलचित्रमा समावेश हुनेछन् भने बाकीं गीतको के गर्ने भन्ने निर्णय पछि गरिने छ।

पल र पुजा संग गरिएको रमाइलो कुराकानी 

Comments

comments