दशैमा हैन अब माघमा आउने छ निखिलको ‘पिंजडा व्याक अगेन’

निखिल उप्रेती स्टारर चलचित्र ‘पिंजडा व्याक अगेन’ को रिलिज मिति तय गरिएको छ। एक्सन स्टार निखिल उप्रेतीको डेव्यु चलचित्र ‘पिंजडा’ बाट नाम सापटी लिएर तयार भएको चलचित्र माघ ५ गतेबाट प्रदर्शनमा आउने छ। यसअगाडी चलचित्रलाई दशैमा रिलिज गर्ने तयारी गरिएको थियो।


चलचित्र वितरणको जिम्मा लिएका गोपालकाजी कायस्थले चलचित्रको माघ ५ गते आउने जानकारी दिएका हुन्।
मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा निखिल उप्रेती र सारा शिर्पाली मुख्य भूमिकामा रहेका छन्। चलचित्रलाई हिमाल केसीले निर्देशन गरेका छन्।

Comments

comments