तस्विरमा हेर्नुहोस पल र पुजाको मस्ती (फोटोफिचर)

पछिल्लो समय मिडियामा निकै छाएको जोडी हो, पल शाह र पुजा शर्माको। चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा पहिलोपटक यी दूईको जोडी बाधिएको छ। असार ३० गते रिलिज हुने तयारीमा रहेको चलचित्रको चर्चा यतिबेला चौतर्फी भैरहेको छ। चलचित्रमा समावेश ‘भन्छु आज’ बोलको गीतले निकै राम्रो चर्चा बटुलिरहेको छ।

गीतमा देखिएको दुवैको क्यामेष्ट्रीलाई दर्शकले निकै रुचाएका छन्। त्यसो त रियल लाईफमा नै पुजा आफुलाई पल मन पर्ने गरेको बताउन पछी पर्दिनन्।

पल शाहको अभिनेत्री आचंल शर्मा संग प्रेम सम्बन्ध रहेको चर्चा चले पनि दुवै यो कुरा स्वीकार गर्न मान्दैनन्। पल शाहको कुनै समय फ्यान रहेको बताउने पूजाले पललाई मन पराउछु भनिरहदा पल भने यो बिषयमा त्यति खुलेर कुरा गर्न चाहादैनन्।

 

तस्विर:मिलन ढुंगाना

Comments

comments