बुढ्यौलीको पल कि केटि बनेको पल कुन बढी सुहायो? (भिडीयो)

‘म यस्तो गीत गाउँछु’ चलचित्रको ट्रेलर सार्वजनिक भएको छ। बर्षको बहुप्रतिक्षित रहेको चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक भएको छ। निकै चासोको साथमा हेरिएको चलचित्रको ट्रेलरले दर्शकको मन जित्न सफल भैरहेको छ। पल शाह र पूजा शर्माको जोडीलाई दर्शकले निकै रुचाएका छन्। सार्वजनिक एउटा गीतको भिडियोबाट नै दुवैको जोडीलाई दर्शकले रुचाए। सोहि कारण पनि चलचित्रको ट्रेलर प्रतिक्षित बनेको थियो।

असार ३० गतेलाई रिलिज मिति तय गरेको चलचित्रमा पल शाहलाई भिन्न ३ गेटअपमा देखाईएको छ। वृद्ध, युवा र केटिको रुपमा प्रस्तुत भएका पल शाहले ट्रेलरबाट निकै राम्रो तारिफ बटुलेका छन्।

चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै पलले भने,’ केटि बनेर सुटिङ गर्दाको क्षण निकै रमाइलो थियो। दुखको क्षणको सुटिङ भए पनि मलाई रमाईलो अनुभूति भैरहेको थियो।’ उनले थपे,’जब सुटिङ भैरहेको थियो गाउँका सवै जना मलाई हेर्न आउनुहुन्थ्यो।’

अब ट्रेलर र गीतबाट राम्रो प्रशंसा पाएको चलचित्र कस्तो बनेको होला? भन्ने कौतुहलता दर्शकमा झन् थपिएको छ। त्यसो त लभ स्टोरी जनराको चलचित्र निर्माणमा सुदर्शन थापा माहिर मानिन्छन्।

Comments

comments